मिति २०२९ साल कार्तिक २९ गते स्थापना भएको यस विद्यालयमा स्थापनाको समयमा छात्र ६५ जना र छात्रा ६ जना गरी गाउँको सहयोगमा काठका खम्बा बनाई माथि पाखो खरले छाई १ कक्षा देखि ३ कक्षा सम्मको पढाई थालनी गरिएको हो । जसको स्थापनाकालका प्र.अ. दाताराम भण्डारी, शिक्षक दलजित विष्ट र प्रकास खाती गरी तिनजना स्टाफको संलग्नतामा यस विद्यालयमा पढाईको थालनी गरिएको हो । मिति २०३१ साल मंसिर महिनामा तत्कालीन श्री ५ को सरकारबाट यस विद्यालयले स्वीकृत प्राप्त गरी पछि मिति २०३७ सालमा कक्षा ५ सम्मको अनुमति पाई यो विद्यालय प्राथमिक पूर्ण रुपमा सञ्चालन भई आएको हो । यस विद्यालयमा कार्यरत शिक्षकमध्ये दाताराम भण्डारी ज्यू अन्य विद्यालयमा सरुवा भई गएपछि तत्कालीन शिक्षक र वि.व्य.स. को निर्णय अनुसार मिति २०३१ सालमा बुद्वि प्रसाद सुवेदीलाई प्र.अ. पदमा नियुक्ती गरियो र पछि वि.स. २०३५ सालमा बुद्वि प्रसाद सुवेदी अन्यत्र सरुवा भई गएपछि वि.व्य.स. तत्कालीन अध्यक्ष श्री सन्यासी खत्री लगायतको समितिले श्री पूर्ण जँगगिरी लाई यस विद्यालयको प्र.अ. पदमा नियुक्ती गरियो । पछि श्री पूर्ण जँगगिरीले राजनैतिक पेशा अंगालेपछि यस विद्यालयको प्र.अ. पदमा श्री रामसोगारथ शाहलाई मिति २०३६ सालमा नियुक्ती गरियो र उक्त समयमा विद्यालयको प्रस्त भएकोले र आम्दानी पनि राम्रो भएकोले पाँच कोठाको ईटा र माटोको गारो बनाई घर बनाइयो र विद्यार्थीलाई कच्ची घरबाट ईटाको घरमा बस्ने व्यवस्था गरियो ।
मिति २०४४ सालमा रामसोगारथ शाहले प्र.अ. वाट राजीनामा दिई अन्यत्र सरुवा भई जानुभएपछि यस विद्यालयका अध्यक्ष गणेश दत्त न्यौपाने को वि.व्य.स. वाट विद्यालयको प्र.अ. पदमा श्री रामसिँह साउँदलाई नियुक्ती गरियो । मिति २०४६ सालमा श्री रामसिँह साउँदले राजिनामा दिएपछि वि.व्य.स. ले श्री कृष्णबहादुर खत्रीलाई प्र.अ. मा नियुक्ती गरियो र मिति २०५१ सालमा देवनारायण भट्ट को अध्यक्षतामा नयाँ वि.व्य.स. गठन गरी विद्यालयमा सरकारबाट पहिलो २ कोठे पक्कि भवनको निर्माण गरियो । मिति २०५३ सालमा वीर वहादुर वोहराको अध्यक्षतामा समिति गठन भई विद्यालय निरन्तर सञ्चालनमा रह्यो । विद्यालयको भवन जिर्ण अवस्थामा रहेकोले तत्कालीन वि.व्य.स. का अध्यक्ष श्री हरि सुनार ज्यू को पहल तथा तत्कालीन यस विद्यालयका शिक्षक श्री तोय प्रसाद शर्मा ज्यू को प्रयास वाट दिवाल पक्कि र माथि टिन हालेको ५ काठे भवन RRN संस्था सँग माग गरी स्थापना गरियो । जसको सहयोगले विद्यार्थीलाई पानी र घामबाट बचाई सजिलै सँग शिक्षा दिन थालियो । वि.स. २०५८ सालमा यस विद्यालयका तत्कालीन प्र.अ. कृष्णबहादुर खत्रीले राजिनामा दिएपछि यस विद्यालयका शिक्षक श्री दलजित विष्टलाई प्र.अ. पदमा नियुक्ती गरियो यसै गरी विद्यालयका विभिन्न समिति बन्ने क्रममा मिति २०६३ सालमा रामबहादुर खड्काको अध्यक्षतामा नयाँ वि.व्य.स. गठन गरी विद्यालयलाई निरन्तरता दिदै गए । मिति २०६६ सालमा अध्यक्ष नर बहादुर वि.क. को वि.व्य.स. ले तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट कक्षा ८ सम्मको स्वीकृत प्राप्त गरी नि.मा.वि. सञ्चालन गरियो । मिति २०६७ सालमा यस विद्यालयका प्र.अ. श्री दलजित विष्टको असहायमिक निधन भएपछि यस विद्यालयका शिक्षक श्री आनन्दसिँह क्षेत्रीलाई वि.व्य.स. अध्यक्ष श्री नर बहादुर वि.क. ज्यू को वि.व्य.स.ले प्र.अ. पदमा नियुक्ती गरियो । कक्षा ६ सम्मको पढाई सञ्चालन भईसकेपछि कक्षा कोठाको पनि आवश्यकता बढ्न गयो । तत्कालिन वि.व्य.स. अध्यक्ष श्री नर बहादुर वि.क. र शिक्षक श्री तोय प्रसाद शर्मा ज्यू को अथक प्रयास र यस विद्यालयको सेवा क्षेत्र भित्र रहेका सम्पूर्ण राजनीतिक, समाजसेवी अभिभावक, शिक्षकहरु को सहयोगमा RRN संस्था सँग माग गरी २ कोठे पक्कि भवनको निर्माण गरियो । जसले गर्दा विद्यार्थीको पढाई प्रती राम्रो वातावरणमा हुन गई कक्षा काठाको संख्या बढ्न गयो । पुनः नर बहादुर वि.क ज्यू को वि.व्य.स. र यस विद्यालयका तत्कालीन शिक्षक तोय प्रसाद शर्माको अथक प्रयासले जिल्ला शिक्षा कार्यालय वाट तीन भवन दुई–दुई कोठाको गरी ६ वटा कोठा निर्माण गरियो । जसले गर्दा विद्यालयमा कोठाको मात्रा सन्तुलन हुन गयो । तर वि.स. २०७५ सालको हावाले पुरानो RRN ले निर्माण गरेको भवन हावाले उडाएपछि पुनः विद्यालयमा पक्कि छतवाला भवनको महसुस गर्न थालियो र विद्यार्थीहरु कोठाबाट वञ्चित हुन पुगे ।
विद्यालयको संरक्षण गर्ने प्रयासमा यस विद्यालयका तत्कालीन शिक्षक तोय प्रसाद शर्मा ज्यू को पहलमा च्यानल सहितको पक्कि गेटको निर्माण गरियो । मिति २०७५ सालमा नर बहादुर वि.क ज्यू रहेको वि.व्य.स. ले सामाजिक विकास मन्त्रालय सुदुरपश्चिम सरकार सँग भवन माग गरियो र तत्कालीन सुदुपश्चिम प्रदेश सरकारका कञ्चनपुर जिल्ला क्षेत्र नं. १ का माननीय सांसद तारालामा तामाङ ज्यू वाट ४ कोठे भवन का लागी सुदुरपश्चिम प्रदेश सरकार वाट वजेट विनियोजन गर्नुभयो तर विश्व महामारी कोरोनाले गर्दा उक्त भवन एक चौथाई मात्र सम्पन्न हुन पुग्यो र पछि आ.व. २०७८÷२०७९ को छुट रकम तत्कालीन सुदुपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट ज्यू को प्रयासवाट र सामाजिक विकास मन्त्रालयवाट क्रमागत वजेट हाल नलगाई अधुरो भवन पुरा गरियो । वि.स. २०७८ सालमा यस विद्यालयले विल्डअन नेपाल संस्था सँग तीन कोठे पक्कि भवन र दुई कोठे शौचालयको माग गरी वि.व्य.स., पुनर्वास न.पा. र विल्डअन नेपाल संस्थाको संयुक्त साझेदारीमा तीन कोठे पक्कि भवन र दुई कोठे शौचालयको निर्माण सम्पन्न गरियो र पुनः सामाजिक विकास कार्यालय महेन्द्रनगर लाई यस विद्यालयको वि.व्य.स. ले पुनः दुई कोठे भवन माग गरी आ.व. २०७८÷२०७९ को वजेट वाट सामाजिक विकास कार्यालय महेन्द्रनगर अन्तर्गत २ कोठे भवनको काम लगभग ८० प्रतिशत सम्पन्न गरियो । हाल यस विद्यालय क्षेत्रमा घरधुरीको संख्या १२०० सम्म रहेको र ३८७ जना बालबालिकाहरु अध्यानरत छन् साथै शिक्षकको संख्या ११ र कर्मचारीको संख्या ३ जना गरी जम्मा १४ जना छन ।
Established on Kartik 29, 2029 BS, the school began its educational journey in a temporary timber-and-thatch structure built with community support, serving an initial enrollment of 71 students (65 boys and 6 girls) across Grades 1 through 3 under founding Headmaster Dataram Bhandari and teachers Daljit Bista and Prakash Khati. The institution gained formal government recognition in Mangsir 2031 BS and earned full primary school status (up to Grade 5) by 2037 BS. Over the decades, leadership transitioned through several headmasters—including Buddhi Prasad Subedi (2031 BS), Purna Jang Giri (2035 BS), Ram Sogarath Shah (2036 BS), Ram Singh Saud (2044 BS), Krishna Bahadur Khatri (2046 BS), Daljit Bista (2058 BS), and Anand Singh Chhetri (2067 BS)—guided by successive School Management Committees (SMC) led by local figures such as Sanyasi Khatri, Ganesh Datta Neupane, Deva Narayan Bhatt, Bir Bahadur Bohara, Hari Sunar, Ram Bahadur Khadka, and Nar Bahadur B.K.
Driven by growing student enrollment and community advocacy, the school steadily expanded both its infrastructure and academic reach. Key physical developments included a 5-room brick-and-mud building constructed in 2036 BS, the government’s first 2-room concrete building in 2051 BS, a 5-room tin-roof building provided by the NGO RRN during Hari Sunar's chairship, and an additional 2-room concrete structure funded by RRN. Under SMC Chair Nar Bahadur B.K., the school officially received District Education Office (DEO) approval in 2066 BS to operate as a lower secondary school (up to Grade 8), which was supported by the construction of six additional classrooms across three DEO-funded blocks.
Despite infrastructural setbacks—such as a 2075 BS windstorm that destroyed the older tin-roof building—the school continued to rebuild through strong local leadership and multi-party partnerships. Initiatives by teacher Toya Prasad Sharma and the SMC led to the construction of a main channel gate and secured funding from the Sudurpashchim Provincial Government (supported by MP Tara Lama Tamang and Chief Minister Trilochan Bhatt) to complete a 4-room building. Further development was achieved through a joint project among BuildOn Nepal, Punarbas Municipality, and the SMC in 2078 BS to build a 3-room concrete building and a 2-room toilet block, alongside an additional 2-room project funded by the Social Development Office in Mahendranagar that reached 80% completion in FY 2078/2079 BS. Today, the school serves a catchment area of approximately 1,200 households, educating 387 students supported by 11 teachers and 3 administrative staff members.