श्री जीवनशक्ति माध्यमिक विद्यालय पुनर्वास नगरपालिकाको वडा नं. ९ स्थित सितावस्तीमा रहेको छ । यस विद्यालयमा वालविकास देखि कक्षा ९ सम्म पठन—पाठन हुँदै आएको छ । यस विद्यालयको २९०७० वर्ग मिटर क्षेत्रफल भएको आफ्नै नामको जमिन छ । यहाँ १५ वटा शिक्षक कर्मचारी र ३८७ जना विद्यार्थी रहेका छन् । यो विद्यालयमा कच्ची, पक्की र जीर्ण गरेर ९ वटा भवन र २४ वटा कोठा रहेका छन् । यो विद्यालय वि.स. २०२९ साल कार्तिक २९ गते स्थापना भएको हो । यस विद्यालयमा विद्यार्थीलाई स्वच्छ खानेपानी, सेनिटरी व्यवस्थापन सहितको शौचालयको पनि आवश्यकता छ । यहाँ रहेका अधुरा भवनहरु पुरा गर्न पहल गर्ने र विद्यालयको सर्वागिण विकासका लागि लागे पुगे सम्म हरदम तत्पर रहने छु ।