श्री जीवनशक्ति माध्यमिक विद्यालय पुनर्वास नगरपालिकाको वडा नं. ९ स्थित सितावस्तीमा रहेको छ । यस विद्यालयमा वालविकास देखि कक्षा ९ सम्म पठन—पाठन हुँदै आएको छ । यस विद्यालयको २९०७० वर्ग मिटर क्षेत्रफल भएको आफ्नै नामको जमिन छ । यहाँ १५ वटा शिक्षक कर्मचारी र ३८७ जना विद्यार्थी रहेका छन् । यो विद्यालयमा कच्ची, पक्की र जीर्ण गरेर ९ वटा भवन र २४ वटा कोठा रहेका छन् । यो विद्यालय वि.स. २०२९ साल कार्तिक २९ गते स्थापना भई २०६७ सालमा साविक नि.मा.वि. र २०८१ सालमा पुनर्वास न.पा. शिक्षा शाखाको पत्रअनुसार कक्षा ९ सञ्चालन गर्ने अनुमति पाई सकेको छ । यहाँ शिक्षक विद्यार्थी अनुपात ३६.१ रहेको छ । यहाँ अधिकांश विद्यार्थी दलित समुदायका रहेका छन् । यो ठाउँका मानिसको आयश्रोत भारतमा नोकरी गरी आफ्नो जीविकोपार्जन गर्ने रहेको छ । यो विद्यालय सेवा क्षेत्र भित्रका वस्तीमा भारतको दुधवा नेशनल पार्कबाट जंगली जनावरले एकरुपमा लगाएको बाली खाई समय समयमा दुःख दिने गरिरहेको पाइन्छ । यस विद्यालयबाट नजिकका मा.वि ४ देखि ५ किलोमिटरको दुरीमा रहेकाले यहाँ माध्यमिक कक्षा तथा साविक उच्च माध्यमिक कक्षा सञ्चालन गर्न आवश्यक छ ।